दाङ ; गाईको मासुसहित ६ जना पक्राउ

दाङ ; गाईको मासुसहित ६ जना पक्राउ

दाङ ।
प्रहरीले दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई पक्राउ गरेको छ । गाईको बाच्छी काटी मासु बोरामा राखेर हिँडिरहेको समयमा घोराही उपमहानगरपालिका ५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधबार राति ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी दाङका प्रवक्ता एव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

पक्राउपर्ने ६ जना पुरुष रहेको डिएसपी खड्काले जानकारी दिएका छन् । ’गाईको बाच्छी काटेर मासु भाग लगाएर हिँडिरहेको समयमा ५ किलो मासुसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो, ’डीएपसी खड्काले भन्नुभयोे, ’पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ ।’

घट्नाको थप अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिलाई गाईगोरु काट्न वा मार्न नपाइने २०७५ भाग २ परिच्छेद २७ को दफा २८९ अनुसार कारबाही पक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij