काठमाण्डाै – भारतका केन्द्रीय गृह सचिव अजय भल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गर्नुभएको छ ।
शुक्रबार पत्र लेख्दै उहाँले बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म बस, ट्रकलगायत सञ्चालनमा अवरोध नगर्न आह्वान गर्नुभएको हो । सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्न दिने सरकारको नीति अनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।
उहाँले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिनुभएको छ ।
“अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अब केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो,” उहाँले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्