नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने बताएका छन् ।
संविधान संसोधन विधेयक माथिको शनिबार भएकाे दफाबार छलफलका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने बताएका हुन ।
कोरोना महामारीमा सरकारले प्रभावकारी काम नगरेको भन्दै यूवाहरु आन्दोलनमा छन ।
आन्दोलनमा रहेकाहरु मध्ये केहीले पुरानै व्यवस्था ठिक भएको बताउँदै आएका छन ।
‘लौं पार्टीहरुले त देश बचाउन सक्ने भएनन्, अब सामन्तहरु नै आउन पर्याे भनेर पनि प्ले कार्ड बोकेका छन् अरे ।’ उनले भने ‘ मैले आज सुरु मै भने राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउदैछ, खबरदार ।’
उनले जनतालाई भ्रमित बनाउने काम नगर्न पनि आग्रह गरे ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्