नेपालमा कोरोना संक्रमितको संख्या ५३ सय ३५ पुग्यो, १८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ५३ सय ३५ पुग्यो, १८ जनाको मृत्यु

काठमाडौं ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वोर गौतमले पछिल्लो २४ घन्टामा ३६ महिलासहित २७३ जना नयाँ संक्रमित थपिएको बताउनुभयो ।
यो सँगै कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको उहाले जानकारी दिनुभयो।
त्यसैगरी, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
पर्साका बेवारिसे २५ वर्षीय मृतक पुरुष र बारा, निजगढका पाँच वर्षीय मृतक बालकमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको उहलोले बताउनुभयो ।पछिल्लो २४ घन्टामा ३६ जना कोरोनामुक्त भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९१३ पुगेको डा। गौतमले जानकारी दिनुभयो ।
देशभर हाल चार हजार ४०४ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ५० हजार ५४९ जना ‘क्वारेन्टिन’मा रहेका छन् ।
अहिलेसम्म एक लाख २७ हजार २८८ ओटा ‘पीसीआर’ परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij