बुटवल ।
कोरोना भाइरसको प्रभाव र यसको नियन्त्रणका लागि नेपाल सरकारले गरको लकडाउन पालना गर्दै नागरिकहरु घरभित्रै रहेको अवस्थामा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुको चुलो बल्न निकै समस्या परेको छ । यसैमाथि विशेष अवस्थाका महिलामा थप समस्या परेको खवर पाएपछि सुत्केरी भएका महिलाको घरमै चुलो बाल्न पुगेको छ पर्पल फाउण्डेशन । सुत्केरी भएका महिलाहरु बुटवल उप–महानगरपालिका वडा नम्बर ११ को दुर्गापथमा बस्दै आएका मेनुका नेपाली,सुनिता परियार,सखीना मीया र सुमीत्रा सुवाल रहेका छन् । पर्पल फाउण्डेशनबाट उपलब्ध सहयोग सामाग्री बुटवल उप–महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सुत्केरी भएका चार महिलालाइ प्रदान गर्दै विपतले निम्त्याएको यो विशम परिस्थितिमा संस्थाले गरेको सहयोगको प्रशंसा संगै धन्यवाद व्याक्त गर्नु भयो । उहाले वडा नम्बर ११ का कुनै पनि नागरिकको घरमा चुलो निभ्न नदिनका लागि वडाले राहत प्याकेज स्टक राखेको र आवश्यक परेमा पर्पल जस्तै सामाजिक संस्थाहरुसंग सहकार्य गरेर भएपनि सबै नागरिकलाई भोको नराख्ने बताउनुभयो । समस्या परे वा गर्भवती,सुत्केरी जस्ता विशेष अवस्थाका महिला भएमा टोल विकास संस्थाको सीफासिस लिएर वडामा सम्पर्क राख्न पनि वडा अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भयो ।
लामो समयसम्म गरिएको बन्दाबन्दीले सुत्केरी महिलाहरुलाई आवश्यक पौष्टिक आहार त के विहान साँझ पेटभरी खान पनि अभाव भएको समाचार संचारमाध्यममा आएपछि जनही २५ केजी चामल,दाल,१ क्यारेड अण्डा,चना,चिनी,घिउ,नुन,तेल लगायतका सहयोग सामाग्रीसंगै केहि दिन खान पुगोस भन्ने उद्धेश्यले आएको बताउनुहुन्छ, पर्पल फाउण्डेशनका संचालक सदस्य सृजना काफ्ले । कोभिड–१९ को प्रभावको बेला बाहिरबाट आएका र नेपालबाट अन्य देशमा जान लागेका सीमाक्षेत्रमा अलपत्र परेका महिलालाई विशेष अबस्थामा चाहिने सामाग्री सहितको पर्पल झोला वितरण संगै हिंसामा परेका महिलाहरुका लागि राष्ट्रिय आपतकालिक कोष स्थापना र लैंगिकमैत्री क्वारेन्टाइन निमार्णमा समेत संस्थाले विशेष पैरवी गर्दै आएको संचालक सृजना काफ्लेले बताउनु भयो । आफुहरुलाई तत्कालका लागि आवश्यक खर्च टर्ने गरि सहयोग सामाग्री उपलब्ध भएपछि सुत्केरी महिलाहरुको मुहार हर्षित देखीन्थ्यो,उनिहरुमध्य सुत्केरी सुनिता परियारले मुस्कानसंगै संस्थाप्रति आभार व्याक्त गरीन । कार्यक्रममा वडा सदस्य माया दर्नाल,पत्रकार,स्थानिय नागरिक लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्