काठमाडौ
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर प्रभावकारी काम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।
सरकारले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको कांग्रेसले बताउँदै आएको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रधानमन्त्रीलाई भेटेर कोरोना नियन्त्रणमा गम्भीर बन्न र परीक्षणको दायरा वृद्धि गर्न ध्यानाकर्षण गराइएको बताउनुभयो।
प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस सांसदहरू भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायत बालुवाटार पुगेका थिए।
हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो। कोरोनाका असर तथा सरकारी कामकाजबारे अनुगमन गर्न सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा अनुगमन समिति बनाएको थियो भने स्वदेशदेखि विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो।कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भइसकेको बताएको छ। उक्त खर्च पारदर्शी हुनुपर्ने कांग्रेसले बताउँदै आएको छ।
प्रकाशित मिति : मंगलबार, असार २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्