कञ्चनका पहिलो कोरोना संक्रमितले कोरोना जितेर घर फर्किए

कञ्चनका पहिलो कोरोना संक्रमितले कोरोना जितेर घर फर्किए

कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भई उपचारत ५४ बर्षिय पुरुषले कोरोनालाई जितेर घर फर्किन सफल भएका छन। कञ्चन २, तरायगडका बर्ष ५४ का राधेश्याम तेली गुप्ताले कोरोना संक्रमण मुक्त भएर आज घर आएका छन ।
गुप्ता गत बैसाख २९ गते नेपाल भारत सिमानाकाबाट छिरेर साइकलमा घर आउदै गर्दा उनलाई नोवल कोरोना भाइस रोकथाम तथा न्युनिकरण स्वयम सेवक परिचालन समन्वय समितिले कञ्चन ५ मा रहेको लुमिबनी ज्ञान निकेटन मा.बि.मा राखिएको थियो । गत जेठ १३ गते आर डि टी ७ जनाको परिक्षण गरिएकोमा गुप्ताको आर डि टी पोजेटिभ रिपोर्ट आएको थियो भने जेठ १५ गते स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि भैरहवा पठाइएको थियो ।
गुप्ताको जेठ १९ गते पहिलो पटक कञ्चनमा कोरोना संक्रमण पुष्टि भएसंगै उनलाई बुटवल उपमहानगरपालिकाद्वारा एनफा एकेडेमीमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा रिफर गरिएको थियो । १५ दिन सम्म नियमित रुपमा चिकित्सकको निगरानीमा उपचार गरेपछि कोरोने संक्रमण मुक्त भई घर आएका हुन ।अव कञ्चनमा कोरोना संक्रमितको भई उपचारत ६ जना रहेका छन ।
पछिल्लो तथ्यांक अनुसार छिमेकी देश भारत लगायत अन्य तेश्रो मुलुकबाट नेपाल आई कञ्चनको बिभिन्न क्वारेन्टाइनहरुमा १३८ जना रहेका छन।  

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij