JanataToday.com

Advertisment

SKIP THIS

नेपालमा पर्याप्त खाद्यान्न मौज्दात

नेपालमा पर्याप्त खाद्यान्न मौज्दात

बुटवल -सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख २३ हजार २४५ मेट्रिक टन चामल मौज्दात रहेको छ ।

तथ्याङ्कअनुसार खाद्य कम्पनीसँग रहेको मौज्दात चामलमध्ये दुई हजार ९५३ मेट्रिक टन दुर्गमका २३ जिल्लामा रहेको छ ।

यसैगरी निजी क्षेत्रका उद्योगसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रसँग रहेको ९८ हजार ५४ मेट्रिक टन धानबाट ६३ हजार २४५ मेट्रिक टन चामल उत्पादन हुने अनुमान गरी निजी क्षेत्रसँग एक लाख २३ हजार २४५ मेट्रिक टन चामल मौज्दात रहेको बताइएको छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चामलसँगै ६५१ क्विन्टल फापर, ५०० क्विन्टल सिमी, ५४३ मेट्रिक टन गहुँ खरिद गरी मौज्दात राखिएको छ भने १३ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ ।

धान र गहुँ खरिद प्रक्रियामा रहेको जनाइएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ७४८ मेट्रिक टन नुन मौज्दात रहेको र आयात प्रक्रियामा रहेको एक लाख ३६ हजार ७७५ मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ ।

साल्ट ट्रेडिङसँग दुई हजार १६८ मेट्रिक टन चिनी र निजी उद्योगसँग ३६ हजार ४६६ गरी ३८ हजार ६३४ मेट्रिक टन चिनी मौज्दात रहेको छ ।

निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ तथा चना १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने ८३ हजार ९६७ मेट्रिक टन खानेतेल आयात प्रक्रियामा रहेको जनाइएको छ । (रासस)

प्रकाशित मिति : बुधबार, असार ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij