बुटवल -नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या आठ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४ सय २६ जनामा कोरोना पोजिटिभ देखिएकाे हाे ।
आज संक्रमण पुष्टि हुनेहरूमा ८८ महिला र ३ सय २६ जना पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै हेटौडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । जसमध्ये निकाे हुनेकाे संख्या १४ सय २ पुगेकाे छ । आज मात्र थप २ सय १६ जनाले काेराेना जितेका छन् ।
काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या भने २२ रहेकाे छ । पछिल्लाे २४ घण्टायता कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्