बुटवल -आफ्नै छोरालाई ज्यूंदै लगेर खाडलमा गाडेको भन्दै बुटवलका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतीनगरका परियारले ६ वर्षका छोरा राजेश परियारलाई डिंगरनगर स्थीत सामुदायिक वनको तिनाउ नदि किनारको जग्गामा लगेर गाडेका थिए ।
ईलाका प्रहरी कार्यालयले बालकलाई ज्यूंदै गाडेको भन्नु सूचना पाएपछि खाडल खनेर निकालेको थियो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक नविन चुंदालीले बालकलाई खाडलबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्यांदा अस्पतालले मृत घोषणा गरेको जानकारी दिए ।
परियारले बिरामी भई अचेत भएको छोरालाई अटोरिक्सामा राखी लगेर गाडेको स्थानीयले बताएका छन् । प्रहरीले परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।
परियारले छोराको घरमै मृत्यु भएपछि तिनाउ किनारमा लगेर गाडेको प्रहरी सामु बयान दिएका छन् ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्