थप एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको आग्रह

थप एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको आग्रह

तिलोत्तमा-तिलोत्तमा चेम्बर अफ कमर्शले बैशाख र जेठ मध्ये एक महिनाको भाडा छुट गर्न घरधनीहरुसँग आग्रह गरेको छ । चैत महिनाको भाडा छुट दिएकोमा धरघनीहरुलाई धन्यवाद दिंदै चेम्बर अफ कमर्शको मणिग्राममा बसेको बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको हो ।
तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलको अध्यक्षतामा बसेको बैठकले भाडा छुटको लागि घरधनीहरुसँग आग्रह गरेको छ ।
कोरोना महामारीका कारण जारी लकडाउनले व्यापार व्यवसाय चौपट भएको, बैंकको किस्ता तिर्न समस्या भएको भन्दै बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको र यसले व्यवसायीहरुलाई राहत पुग्ने अध्यक्ष कंडेलले बताउनुभयो । बैठकमा सहभागी भएका एनएमबी बैंक मणिग्राम शाखाका प्रवन्धक युवराज पाठकले राष्टबैंकले जारी गरेको निर्देशिका र सहुलियत कर्जा सम्बन्धी जानकारी गराएका थिए ।

प्रकाशित मिति : आइतबार, असार ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij