लर्ड बुद्धका युवाले खुवाए १० हजार बढी नागरिकलाई निःशुल्क खाना

लर्ड बुद्धका युवाले खुवाए १० हजार बढी नागरिकलाई निःशुल्क खाना

भैरहवा -रुपन्देहीको भैरहवामा रहेको द लर्ड बुद्ध युवा क्लब मा आवद्ध युवाहरुले १० हजार बढी नागरिकलाई निःशुल्क खाना खुवाएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) का कारण देश लकडाउनमा रहेको अवस्थामा यसको असरलाई न्युनिकरण गर्ने प्रयास स्वरुप समस्यामा परेका १० हजार नागरिकहरुलाई निःशुल्क शाकाहारी खाना खुवाएका हुन् । लामो समयदेखिको लकडाउनका कारण अति विपन्न, सडकमा गुजारा गर्ने, गरिब, लगायत लाई खाना खानबाट वञ्चित हुनुपरेको अवस्थालाई ध्यानमा राखेर समाजमा आवद्ध युवाहरुले बिहान र साझ गरी दैनिक ३ सय बढी लाई ३८ दिन सम्म खाना खुवाएको क्लब का अध्यक्ष अर्जुन क्षेत्रीले बताएका छन । बन्दाबन्दीका बेला समाजसेवाका भावले ओतप्रोत भएका युवाहरूले पोषणयुक्त तथा स्वादिष्ट खाना खुवाउने अभियान नै सञ्चालन गरेर पवित्र सेवा कार्यमा निरन्तर लागेका थिए ।

क्लब लाइ खाना खुवाउन समाज सेवी तथा अन्तराष्ट्रिय क्रिकेट अम्पायर सत्यजित सरकार,वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर क्षेत्री, वडा नम्बर १३ का अध्यक्ष सतिश मरासिनी,सम्यक मिडिया प्रा.लि.का कार्य बाहक अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष करुन्जन श्रेष्ठ, धिरज क्षेत्री,चित्र बहादुर गुरुङ्ग ,केदारमान राजभण्डारी,रमेश जालन्धर, विजय शर्मा , लगायत मालटोल का स्थानिय बासीहरु को आर्थिक तथा खाधान्न सहयोगमा अभियान सञ्चालन गरिएको क्लब का अध्यक्ष क्षेत्री ले बताएका छन । यस का साथै क्लब ले सडकमा गुजारा गर्ने तथा विपन्न परिवार लाई ५० थान झुल सहित खाधान्न समेत वितरण गरेको क्लब का सचिव राम गुरुङ्गले बताएका छन । यसै गरी क्लब ले आगामी दिनहरु मा सामाज मा आफुहरु ले गर्न सक्ने विभिन्न कार्यहरु लाई निरन्तरता दिने क्लब का उपाध्यक्ष सुनिल थापाले बताएका छन । क्लब लाई कोरोना सक्रमण को बेला दिन रात सहयोग गर्ने क्लब का सदस्यहरु जितेन्द्र उपाध्याय, सुरज दत्त अधिकारी,अर्विन जालन्धर,राजेश क्षेत्री,विशाल थापा,गोविन्द आले,किरण आले,सुमित मल्ल लाई अध्यक्ष क्षेत्री ले धन्यवाद दिएका छन ।

प्रकाशित मिति : आइतबार, असार ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij