नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ५ सय ३८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार आज संक्रमण पुष्टि हुनेमा ९० महिला र ४४८ पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १० हजार ९९ पुगेको छ । जसमा २ हजार २३५ जनाले काेराेना जितेका छन् ।
मंगलबार मात्र थप ७६ जना काेराेनामुक्त भएका हुन् ।
यसैगरी गत २४ घण्टायता थप एक जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २४ पुगेकाे छ ।
प्रकाशित मिति : मंगलबार, असार ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्