नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ६ सय २९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार आज संक्रमण हुनेमा १ सय १० महिला र ५ सय १९ जना पुरुष रहेका छन् ।
यसैगरी आज थप ११४ जना काेराेनामुक्त भएका छन् । यससँगै काेराेना जित्नेकाे संख्या २३३८ पुगेकाे छ ।
प्रकाशित मिति : बुधबार, असार १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्