पाल्पामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि

पाल्पामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि

पाल्पा – पाल्पामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै पाल्पाका कोरोना सङ्क्रमितको संख्या ३ सय ६९ पुगेको छ ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका बिभिन्न वडाका ९३ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

भैरहवामा गरिएको परीक्षणमा पहिलो पटक तानसेन नगरपालिकाका ३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । तानसेन बतासेडाँडाको क्वरेण्टीनमा रहेका दुई जना ३२ वर्षका र एक जना ४१ वर्षका पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो । पाल्पाका १० वटै पालिकामा कोरोना सङ्क्रमित भेटिएका छन् ।

यसअघि पाल्पाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको उपचारका क्रममा ज्यान गएको छ भने सङ्क्रमितमध्ये ७ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij