अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा दुई महिनाकै सबैभन्दा धेरै कोरोना भाइरस का संक्रमित

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा दुई महिनाकै सबैभन्दा धेरै कोरोना भाइरस का संक्रमित

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा दुई महिनाकै सबैभन्दा धेरै कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित फेला परेका छन् ।

अस्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा ३६ नयाँ संक्रमित फेला परेका हुन् । अस्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या दुई महिनायताकै सबैभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ३३ संक्रमित अस्ट्रेलियाको भिक्टोरिया राज्यका हुन् । लगातार नवौं दिन यो राज्यमा नयाँ संक्रमितको संख्या दुई अंकमा देखिएको हो । पछिल्लो समय अस्ट्रेलियाको भिक्टोरियामा उल्लेख्य संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् ।

संक्रमितको संख्या बढेसँगै अस्‍ट्रेलियाको सरकारले मेलवर्नमा कोरोना भाइरसलाई नियन्त्रण गर्न एक हजार सैनिक परिचालन गर्ने निर्णय गरेको छ । यसरी परिचालन गरिने सैनिकमध्ये ८५० ले मुलुकमा विदेशबाट फर्किएका मानिसहरूलाई होटलमा क्वारेन्टाइनमा राख्ने र उनीहरूको निगरानी गर्ने र बाँकीले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक वस्तु र मेडिकल सहयोग उपलब्ध गराउने काममा सहयोग गर्नेछन् ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij