काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ ।
ओखलढुंगा घर भएका अन्दाजी ३५र४० वर्षका श्याम परियारको हत्या भएको हो । घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले बताए ।
पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम लामा तामाङ छन् ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टका अनुसार मादक पदार्थ सेवन गरेको नसामा विवाद हुँदा तीन जनाले परियारमाथि हातपात गरेको पाइएको छ । प्रहरीले शुक्रबार बिहान तीनै जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ ।
‘सिमेन्टबाट बनेको ढलान ढुंगाले टाउकोमा प्रहार गरेर घाइते बनाएर घटनास्थलमै गएर छाडेर गएको पाइएको छ’, भट्टले भने, ‘ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अब विस्तृत अनुसन्धान थाल्छौं ।’
प्रकाशित मिति : शुक्रबार, असार १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्