प्रधानमन्त्रीबाट हटाउन खोजियो’, प्रधानमन्त्री ओलीले दिनुभयो भारतलाई चेतावनी

प्रधानमन्त्रीबाट हटाउन खोजियो’, प्रधानमन्त्री ओलीले दिनुभयो भारतलाई चेतावनी

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको आरोप लगाउनुभएको छ ।

मदन भण्डारीको ६९औं जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत् आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै त्यो प्रयास सफल हुन नदिने बताउनुभयो ।
उहाँले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्नेपनि बताउनुभयो नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत् प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै यतिबेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर बनाउने खेल नखेल्न पनि चेतावनी दिनुभयो ।
उहाँले यसअघि चीनसँग पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको तर अहिलेको सरकारमा कम्युस्टिको बहुमत भएकाले आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्दा अपराध गरेजस्तो गरी आफूलाई ‘पदबाट हटाउने कुरा कसैले पनि नसोचे हुन्छ’ भनी चेतावनीसमेत दिनुभयो ।

प्रकाशित मिति : आइतबार, असार १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij