नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत् भरतपुर महानगरपालिका(२९ सत्रकिलोमा सोमबार साँझ भएको स्पकर्पियो दुर्घटनामा परी आमा छोराकै मृत्यु भएको छ ।
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै सवार बा १३ च ५९२९ नम्बरको स्कर्पियोलाई भारतीय एनएल ०१ क्यू ५१०६ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो ।
ग्यास बुलेटको ठक्करबाट ४७ वर्षीया प्रभा पौडेल र उनका छोरा १९ वर्षीय अनुज धितालको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना सख्त घाइते भएकी प्रभाको उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर ल्याउने क्रममा सोमबार साँझ बीचबाटोमै मृत्यु भएको थियो ।
छोरा अनुजको भने मेडिकल कलेजमा उपचारको क्रममा आज मंगलबार बिहान मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
स्कर्पियोमा कृष्णसहित पत्नी ४७ वर्षीया प्रभा पौडेल, १९ वर्षीय छोरा अनुज, छोरी वर्षा धिताल र चालक राजन घिमिरे सवार थिए ।
दुर्घटनामा परी चालक घिमिरे गम्भिर घाइते भएका छन् । उनको टाउको र छातीमा चोट लागेको छ । कृष्ण र छोरी वर्षाको स्वास्थ्य अवस्था सामान्वय रहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।
घाइते कृष्ण धिताल मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष हुन् ।
प्रकाशित मिति : मंगलबार, असार १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्