अंगिरा पासीको हत्या विरुद्ध विश्वविधालय किर्तिपुरमा सडक बहस

अंगिरा पासीको हत्या विरुद्ध विश्वविधालय किर्तिपुरमा सडक बहस

नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अन्जना विशंखे ले जनप्रतिनिधि लाई टिकट दिने बेला नै पार्टी ले गल्ति गरेको बताए कि छिन् । नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटी को संयुक्त आयोजना मा रुकुम नरसंहार र दलित समुदाय माथि श्रृंखलावद्व रुपमा भएको जातिय विभेद का विरुद्ध ूजात व्यवस्था र अंगिरा पासी को हत्या विषयक सडक सभा लाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । पार्टी ले जग्गा दलाल, ठेकेदार का साथसाथै मनुवादी उच्च जातिय अंहकारी मान्छेहरु लाई टिकट दिएको ले रुकुम पश्चिम र रुपेन्देही देवदह को घटना घटेको उहाँ को भनाई थियो ।No description available.

किर्तिपुर लाई विद्रोहको थलोको रुपमा चित्रण गर्दै उहांले भन्नु भयो पृथ्वीनारायण शाहको राज्य विस्तारको विरुद्ध अन्तिम सम्म लड्ने किर्तिपुर बासी ले २०४६ , ६२र ६३ को जनआन्दोलनमा एेतिहासिक भुमिका खेलेको स्मरण गराउदैं राजतन्त्र फाल्न मा जसरी भुमिका खेले अब यो जात व्यवस्था फाल्न त्यसरी नेै एकजुट हुनुपर्ने बताईन । अंगिरा पासी को हत्यारा लाई कडा कार्वाही नभए सम्म आन्दोलन निरन्तर जारी राख्नु पर्ने बताइन उनले परिवर्तन असम्भव नभएको बताउदै हामी परिवर्तन आज गर्ने कि भोली गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो अब पनि महिला दिदी बहिनी हरु चुलोचौको मा मात्र सिमित रहे राज्यले सधै अन्याय गर्ने पनि उहाँको भनाई थियो । सांसद विशुन्खे ले आफुले पढेको कुरा लाई किताबि ज्ञानमा मात्र सिमित नराखि भौतिक रुपमा नै उपस्थित भएर समाज परिवर्तन मा लाग्न सम्पुर्ण युवा विद्यार्थी हरुलाई आव्हान पनि गरिन् । त्यस्तै दलित महिला संघ कि महासचिव रेणु सिंजापति ले ४० वर्ष देखि मान्छे हुनको लागि मात्र लड्नु परेको दुखद क्षण लाई सम्झिदैं अबको लडाई सामाजिक न्यायको लडाई हुन पर्ने बताउनु भयो ।No description available.

महिला , पुरुष , जाति , वर्ण, वर्ग कै आधार मा यो समाजले कहिले सम्म उत्पिडित समुदाय लाई असमानता र थिचो मिचो गरिरहन्छ रु उहाँले प्रश्न गर्नु भयो । हामीले देखेका र सुनेका छौं धेरै विद्वान् हरुले देश यस्तो भए हुन्थ्यो यसरी विकास गरे हुन्थ्यो भनेर तर उहांहरु ले कहिल्यै भन्नु हुन्न जात व्यवस्थामा रहेको थिचो मिचो लाई यसरी हटाउन पर्छ भनेर । यसले गर्दा यो सभ्य भनिएको समाज नै विभेदकारी रहेको उहांको भनाई थियो ।No description available.

शिक्षित भनिएका व्यक्तिहरु बाटै नै जातिय व्यवस्था लाई प्रशय दिने खाले अभिव्यक्तिहरु सुनिएको भन्दै उहाँ ले समाज परिवर्तन मा लाग्नु पर्ने मानिस नै जात व्यवस्था कायम गर्न लागेको आरोप लगाउनु भयो । कार्यक्रममा लेखक तथा अधिकारकर्मी रिता शाहले सरकारको सोच नै विभेदकारी रहेको बताउदै रुकुम पश्चिम र रुपेन्देही देवदहको घटनालाई विभिन्न बहानाबाजी मा ढाकछोप गरि सरकार लुकाउन लागेको उनको आरोप थियो । यी दुई घटना कुने पनि हालत मा क्षम्य लायक नभएको भन्दै पिडक लाई हदै सम्मको कार्वाहीको माग गरिन् ।पछिल्लो नागरिकता विधेयकका विरुद्ध बोल्दै शाहले नागरिकता विधेयक लाई राष्ट्रवादी आँखा बाट मात्र नभई महिला र मानवअधिकार को आँखा बाट हेर्नू पर्ने उनको भनाई थियो ।No description available.

यो विधेयक महिलाको हक लाई कुण्ठित बनाउने खाले र समग्र मानवअधिकार लाई नै लत्याउने खाले रहेको उनको भनाई छ । त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै लेखक प्रणिका कोयु ले अंगिरा पासी पासी नभएर झा, यादव, शर्मा, पौडेल , पन्त भएको भए धेरै अधिकारकर्मीहरुको लागि एउटा मसला हुने थियो यो देशमा धेरै महिला अधिकारकर्मी , बाल अधिकारकर्मी भनेर चिनाउने हरु अंगिरा पासीको हत्या मा मौन रहनु जातिय हिंसा भएको उहाँ को भनाई थियो । नेपालको राष्ट्रगान ले भने जस्तो सयौं थुंगा फुलका हामी एउटै माला नेपाली ,र संविधान ले बहु जाति बहुभाषी , भन्छ तर एउटै माला मा उनिन पर्ने अंगिरा पासी हरु किन मारिन्छन् किन हत्या हुन्छ नवराज वि।क। हरुको रु उनले राज्य लाई प्रश्न गरिन् । न्यायको आन्दोलन मा सबै समुदाय एक भएर लड्नु पर्ने कोयुको भनाई थियो । No description available.

त्यस्तै कार्यक्रममा लेखक सम्झना भट्टराईले एउटा बलत्कारी लाई जिम्मा लगाउने यो समाज नै हत्यारा हो र त्यसको जिम्मा यहिं समाजले लिनु पर्ने उहांको भनाई थियो । बलात्कारी र हत्यारा लाई कार्वाही गर्ने कानुन बनाउने र कानुन कार्यनयन गर्ने जनप्रतिनिधि हरुनै कानुन उल्लघंन मा अग्रपंक्तिमा रहेको उहाँको आरोप थियो । २१ अौं शताब्दीमा आइपुग्दा पनि जात कै आधार मा मारिनु पर्ने अवस्था रहनु निकै पिडादायक र दुखदायी रहेको उहाँको भनाई थियो । न्यायको लागि लड्नु को विकल्प नभएको पनि भट्टराईले बताईन । सडक बहस रवि सेन्चुरीको अध्यक्षता , जगत वि।क। को स्वागत र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij