JanataToday.com

Advertisment

SKIP THIS

गैडहवा गाउपालिकाको बजेट ५५ करोड ७७ लाख सार्वजनिक

गैडहवा गाउपालिकाको बजेट ५५ करोड ७७ लाख सार्वजनिक

गैडहवा

रुपन्देहीको गैडहवा गाउपालिकाको बजेट आज सार्वजनिक भएको छ । गैडहवा गाउपालिकाको छैठौं गाउसभाको दोश्रो बैठकमा आगामी बर्षका लागि ५५ करोड ७७ लाख ५७ हजार ७३ रुपैया बराबरको बजेट गाउपालिकाका उपाध्यक्ष सुभावती यादवले सार्बजनिक गर्नु भएको हो ।

गाउपालिकाको बिनियोजन बिधेयक ऐन २०७७ समेत जारी गर्दै सो ऐनको कानुनी अधिकारमा रही खर्च गर्न पाउने गरी उपाध्यक्ष सुभावती यादवले बजेट सार्वजनिक गर्दै शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन पुर्वाधार,तराई मधेस समृद्धि कार्यक्रम,संस्कृति प्रबद्र्धन,लघु उधम बिकास,महिला बालबालिका तथा जेष्ठ नागरिक,प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायत क्षेत्रहरुमा बजेटको ब्यबस्था गरिएको उल्लेख गर्नु भएको छ ।

आज सार्बजनिक भएको बजेटमा लघु उधम बिकास कार्यक्रम तर्फ २५ लाख रुपैया,राष्ट्रि ग्रामिण तथा नवीकरण उर्जाका लागि ८ लाख रुपैया,पशु सेवा तर्फ ११ लाख रुपैया बिनियोजन गरिएको छ भने गैडहवाको संस्कृति र पर्यटन प्रबद्र्धन कार्यक्रमका लागि ८ लाख रुपैया बिनियोजन गरिएको छ।

यस्तै शिक्षा तर्फ अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि १ लाख,सबैका लागि शिक्षा तर्फ ६ करोड १० लाख,छात्रबृत्तिका लागि ३ लाख ९० हजार रुपैया बिनियोजन गरिएको छ भने स्वास्थ्य तर्फ स्वास्थ्य क्षेत्र सुधार,प्रारम्भिक स्वास्थ्य सेवा,क्षयरोग नियन्त्रण,परिवार कल्याण कार्यक्रम,पोषण कार्यक्रम,महामारी रोग नियन्त्रण जस्ता कार्यक्रमका लागि १ करोड १९ लाख ६० हजार रुपैया बिनियोजन गरिएको छ ।

यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६३ लाख रुपैया,बिशेष अनुदान तर्फ २० लाख रुपैया,समपुरक अनुदान तर्फ १ करोड ५६ लाख रुपैया र प्रदेश सरकार बिशेष अनुदानका लागि ६० लाख रुपैया बिनियोजन गरिएको छ ।

गैडहवाको कृषि उत्पादनलाई बिशेष क्षेत्रको रुपमा बिकास गर्न ५५ लाख रुपैया बिनियोजन गरिएकोमा कर्मचारी तलव भत्ता,अनुगमन,सानासिंचाई,युवा लक्षित कार्यक्रम,माटो परिक्षण,चैतेधान खेती प्रोतसाहन,माटो सुधार,बालि संरक्षण,पुष्प खेती,च्याउ तथा केराखेती,कृषक पाठशाला संचालन आदी कार्यक्रमका लागि खर्च गरिनेछ ।यस्तै पशुसेवा तर्फ साझेदारीमा बाख्रा पालन,भ्यागुते चरचरे,परजिवी नियन्त्रण,हिउदे तथा बर्षे घासको प्रबद्र्धन,कुखुरा पालन तालिम,माछाका भुरा बितरण करार तलव भत्ता लगायतका लागि ४० लाख बिनियोजन गरिएको छ।

बिशेष गरेर गैडहवाको संस्कृति तथा पर्यटन बिकासको लागि ७५ लाख रुपैया बिनियोजन गरिएकोमा यशोधरा पार्क निर्माणका लागि ५० लाख रुपैया,राम जानकी मन्दिर निर्माणका लागि ५ लाख,नवदुर्गा पार्कका लागि ५ लाख,बुद्ध मन्दिर निर्माणका लागि ३ लाख,जोगडेश्वर मन्दिर निर्माणका लागि ३ लाख,तुल्सिहवा ताल निर्माणका लागि ५ लाख,बुद्ध बिहार बिसोरियाका लागि २ लाख र जटायु रेष्टुरेण्ट संरक्षणका लागि २ लाख रुपैया खर्च गरिनेछ ।

यस्तै गैडहवा गाउपालिकाको खानेपानी बिस्तार तथा ब्यबस्थापनका लागि २८ लाख रुपैया बिनियोजन गरिदा संस्कृति,मेला,पर्व प्रबद्र्धन र मन्दिरका लागि ३७ लाख ५ हजार रुपैया बिनियोजन गरिएको छ।त्यस्तै खेलकुद बिकासको लागि ८ लाख रुपैया,लैगिंक समानता तथा सामाजिक समाबेसीकरणका लागि ७४ लाख रुपैया बिनियोजन गरिएको छ ।

यसैगरी भौतिक पुर्वाधार बिकासमा भने ४ करोड ९ लाख ९५ हजार रुपैया,भवन र शहरी किास तर्फ ३ करोड ३४ लाख ५० हजार रुपैया बिनियोजन गरिएको छ भने सिंचाइका लागि २५ लाख,उर्जा तर्फ २० लाख,वाताबरण तथा बिपत ब्यबस्थापनमा २५ लाख,संस्थागत बिकास तथा सेवा प्रवाह तर्फ ६१ लख रुपैया बिनियोजन गरिएको छ । यसैगरी वडागत बिकास तर्फ भने प्रति वडा ९५ लाख रुपैया र समपुरक कोषमा भने ८५ लाख रुपैया बिनियोजन गरिएको छ।

उत्कृष्ट कर्मचारी तथ उपभोक्ता समितिलाई सम्मान

गैडहवाको तिब्रत्तर बिकासका लागि महत्वपुर्ण योग्दान गर्ने उपभोक्ता समिति र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई गैडहवा गाउपालिकाले छैठौं गाउसभामा सम्मान गरेको छ । गाउसभामा सम्मान हुनेहरुमा उपभोक्ता समितिका अध्यक्ष,कर्मचारी र वडा अध्यक्ष समेत सम्मानित भएका छन ।

सम्मानित हुनेहरुमा वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र सिंह कुर्मी,वडा नं. ५ का वडा अध्यक्ष श्रीकृष्ण शंकर प्रसाद गुप्ता र वडा नं. ९ का वडा अध्यक्ष टेक बहादुर बलाल,वडा नं. ८ का वडा सचिव दीपक मरासिनी,स्वास्थ्यकर्मी दुश्यन्त पथिक,कार्यलय सहयोगी नन्दलाल कुर्मी,उपभोक्ता समूहका अध्यक्षहरु अब्दुल हैस,बिजय कुमार यादव,शेर बहादुर कामु मगर,ब्रम्हाण्ड यादव,सिकेन्दर सिंह कुर्मी,बिजय केवट,पदम थापा र टेक बहादुर सुनारी रहनु भएको छ।सम्मानित ब्यक्तिहरुलाई नगद र सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

जनप्रतिनीधिहरुले आफ्नो धारण राख्न पाए

गाउपालिकाको छैठौं गाउसभा तथा बजेट सार्वजनिक कार्यक्रममा वडा सदस्यहरुले बजेटमाथी छलफलमा सहभागी हुदै आ आफ्ना वडागत बिकासका बारेमा धारणा ब्यक्त गरेका छन ।

गाउसभामा वडा सदस्य चरनजित कोहांर,सुर्यलाल केवट,शिवपुजन यादव,खलिल चुरिहार,कुल बहादुर बि.क.,किस्मती पासी,देबीमाया थापा,जयनाथ केवट,अब्दुल कलाम खाँ लगायतले वडाको बिकासमा सबै जनप्रतिनीधिहरुको बरोबर भुमिका भएको र वडा अध्यक्षहरुबाट हुने कमजोरीका कारण वडा सदस्यहरुले दोष खेप्नु पर्ने गुनासो गर्दै हरेक बिकास योजनाका कार्यसम्पादन पश्चात वडाका ५ जना सदस्यहरुले निर्णय गरी अपनत्व लिनु पर्नेमा वडा अध्यक्ष एक्लैले एकलौटी गरेको र वडा सदस्यहरुको आवस्यकता गाउसभामा ताली बजाउनको लागि मात्र हो कि योजनाको हरेक पक्षमा छलफल गर्न पनि पाइने हो भन्दै प्रश्न गरेका थिए ।

यस्तै टेण्डर मार्फत सडक कालोपत्रे गराउदा अनियमितता र काममा ढिलाई भएको भन्दै कुनैपनि काममा गुणस्तरियता कम भएकोले उपभोक्ता समिति मार्फत काम गर्नु पर्नेमा वडा सदस्यहरु जोड दिएका थिए।यसैगरी गैडहवाको कृषि उत्पादनको उचित बजारीकरणका लागि पालिकाले न्युनतम मुल्यमा खरीद गरी गैडहवावासीहरुलाई उपलब्ध गराउनु पर्ने र त्यसको लागि गाउसभाबाट कृषिमा बजेट थप गर्नु पर्ने सुझाव दिएका छन ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरी,वडा नं. २ का वडा अध्यक्ष तुल बहादुर पुन र वडा नं. ३ का वडा अध्यक्ष भुवन बहादुर रानाले समेत बजेटमाथी छलफलमा सहभागी भई कार्यान्वयनका लागि सम्पुर्ण जनप्रतिनीधि तथा कर्मचारीहरु एक भएर लाग्नु पर्नेमा जोड दिदै अध्यक्षद्धारा प्रस्तुत गाउपालिकाको बार्षक नीति कार्यक्रम तथा उपाध्यक्षद्धारा प्रस्तुत बियिोजन बिधेयक २०७७ पुर्ण समर्थन भएको धारण ब्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij