तिलोत्तमा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा ब्यक्त धारणाहरुलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज दधिराम न्यौपाने, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज एकराज बिश्वकर्मा, जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदी, जिल्ला कमिटी सचिव नारायणबहादुर जि.सी. (निर्मल) ले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी स्थायी कमिटीमा व्यक्त धारणाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
नेपालमा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै समाजवाद स्थापनाको ऐतिहासिक कार्यभार सहित मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएको तथ्यलाई स्मरण गर्न आग्रह गर्दै विज्ञप्तीमा पार्टी एकताको मुल भावना विपरित नजान सचेत बनाएका छन् ।
पार्टी एकताको बाँकी कार्यलाई टुंगोमा पु¥याई सम्पूर्ण पार्टी पंक्तिलाई एकतावद्ध र उर्जा प्रदान गर्दै अगाडि बढ्नुपर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्न जारी स्थायी कमिटी बैठक सफल हुने विश्वास पनि विज्ञप्तीमार्फत नेताहरुले व्यक्त गरेका छन् ।
ऐतिहासिक जिम्मेवारी पुरा गर्न नेतृत्वलाई आम कार्यकर्ताको तर्फबाट अपिल गर्दै विज्ञप्तीमा मुलुक सामु उत्पन्न कोभिड–१९ को महामारी, सिमा समस्या र आर्थिक संकटलाई समाधान गर्न सिंगो राष्ट्रिय एकताका साथ अगाडि बढ्नु आजको मूल कार्यभार रहेको उल्लेख गरिएको छ । पार्टीभित्र आन्तरिक सहमति नभएको भन्ने सन्देश सार्वजनिक गर्ने कुराले नेता, कार्यकर्ता र आम जनसमुदायमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै विज्ञप्तीमा यस विषयमा नेतृत्वलाई थप जिम्मेवारीका साथ एकतावद्ध हुन, सहमतीय पद्धति अवलम्बन गर्न, पार्टी पंक्ति र आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न अपिल गरिएको छ ।
प्रकाशित मिति : बुधबार, असार १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्