बिहीबार सुनको मूल्य एकैदिन ७ सयले घटेर ९१ हजारमा पुगेको छ। बुधबार हालसम्मकै उच्च मूल्य ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ। त्यसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदी ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : बिहिबार, असार १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्