लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा पद हस्तान्तरण

लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा पद हस्तान्तरण

कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा कृयाशिल लायनस क्लव अफ कञ्चन हरैयाको बर्ष २०२०/०२१ का लागि लायन्स राम बहादुर थापाको अध्यक्षतामा निर्वाचित नया कार्य समितिलाई बर्ष २०१९/०२० को कार्यसमितिले पद हस्तान्तरण गरेको छ ।
बर्ष २०१९/०२० का अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीले बर्ष २०२०/०२१का अध्यक्ष राम बहादुर थापालाई पद हस्तान्तरण गर्दै नयां नेतृत्वले लायनस क्लव अफ कञ्चन हरैयाको प्रचार र समुदायसंग प्रतक्ष सरोकार राख्ने कार्यक्रमहरु संचालन गरी अस्तित्वलाई थप उचाइमा लैजाने बिश्वास सहित रचनात्मक कार्यका लागि शुभकामना ब्यक्त गर्नु भएको छ । लायन्स क्लव सेवामा आधारित संस्था भएकोले फल प्राप्तीलाई केन्द्रमा राखेर होइन की सेवाभावले प्रतिबद्ध हुनु पर्ने बताउनु भएको छ ।यस्तै जोन चियर प्रशन तथा लायनस कलव अफ कञ्चन हरैयाका संस्थापक अध्यक्ष ओमकार आचार्यले लायन्स मार्फत हरेक समुदायमा पुगि स्वास्थ्य तथा मानव सेवामा लाग्नु लायन्सको मुख्य उद्धेश्य भएको हुदा लायन्स समुदायमा पुग्ने संस्थागत माध्यम भएको बताउनु भएको छ। लायन्स अन्तराष्ट्रिय सामाजिक संस्था हो यस लायन्स क्लवले नेतृत्व र भातृत्वको बिकास गरी समाजलाई नजिकबाट चिन्नको लागि समुदायसंग सम्बन्धित रचनात्मक कार्यक्रमहरु संचालन गर्नु पर्ने र बिशेषगरी मानव सेवाको भावना बिकास गर्नु लायन्स क्लवको उद्धेश्यलाई सार्थक बनाउन बिशवका करिब १० लाख भन्दा बढी लायन्सहरु जुटिरहेको संस्थापक अध्यक्ष आचार्यले बताउनु भएको छ ।
कञ्चनमा बर्ष २०१८/०१९मा स्थापित लायन्स क्लवले रक्तदान,बृक्षारोपण,गत बर्षको बाढी पहिरोबाट गुल्मीको सतयवती गाउपालिकाका बिस्थापितहरुका लागि राहत संकलन र हस्तान्तरण,कोभिड १९बाट प्रभाबित कञ्चन गाउपालिकाका बिपन्न घरपरिवारहरुलाई राहत तथा किटनासक औषधीको रुपमा प्रयोग गरिने ब्लिचिङ्ग पाउडर प्रदान जस्ता रचनात्मक र समुदाय केन्द्रित मानव सेवाका कार्यहरु संचालन गरेको आगामी बर्षमा कञ्चन गाउपालिकामा लायन्स आखा अस्पताल र एम्बुलेन्स खरिद गरी संचालन गर्ने योजना बनाएको क्लवमा बर्ष २०२०/०२१ का लागि अध्यक्षमा राम बहादुर थापा,प्रथम उपाध्यक्षमा शशिधर सापकोटा,द्धितिय उपाध्यक्षमा लायन नर बहदुर बुढाथोकी ,तृतीय उपाध्यक्षमा लायन मोहन सुनार सचिवमा लायन गणेश आचार्य , कोषाध्यक्षमा लायन तर्क बहादुर थापा रहनु भएको छ । त्यसैगरी सहसचिवमा लायन यम बहादुर थापा, सहकोषाध्यक्षमा लायन पि. एन. ज्ञवाली मेम्बरशिप डाइरेक्टरमा लायन ओमकार आचार्य ,पब्लिक रिलेशन अफिसर मा लायन टिकाराम सापकोटा, एल.सि.आई.एफ कोर्डिनेटर मा लायन दुर्गा सिंह क्षेत्री ,क्लब सर्भिस चिएर पर्शन मा लायन तुल बहादुर थापा, मार्केटिङ अफिसर मा लायन जगिलाल थापा, टेल ट्वीस्टर मा लायन थम थापा, प्रोग्राम कोर्डिनेटर मा लायन यमलाल अर्याल रहनुभएको छ । त्यसैगरी टेमरमा लायन कृष्ण आचार्य ,सदस्यहरुमा लायन दिपक थापा, लायन राम बहादुर क्षेत्री , लायन निर्मल आचार्य , लायन चिरञ्जीवी सापकोटा , लायन हिमाल शर्मा , लायन किरण के.सि., लायन खिमानन्द ज्ञवाली, रहनुभएको छ । त्यसै गरी क्लबमा चार्टर प्रसिडेन्ट लायन ओमकार आचार्य , आई.पी.पी.लायन दुर्गा सिंह क्षेत्री रहनुभएको छ ।
कार्यक्रममा जोन चियर प्रसनमा निर्वाचित क्लवका संस्थापक अध्यक्ष ओमकार आचार्य,हरैया बहुमुखी क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख प्रकाश खनाल,लायन्स आखा अस्पताल स्थापनार्थ जग्गा उपलब्ध गराउनु भएका लायन सदस्य किरण के.सी.लाई सम्मान गरिएको थियो भने समाजसेबी पुष्पाराज शर्मा र हरैया बहुमुखी कयाम्पसका नव नियुक्त क्याम्पस प्रमुख प्रकाश खनाल शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । बर्ष २०१९०२० का अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीको अध्यक्षतामा समपन्न कार्यक्रममा राष्ट्रिय झण्डाको सम्मान पाठ लायन तुल बहादुर थापाले गर्नु भएको थियो भने स्वागत लायन शसिधर सापकोटा तथा संचालन सचिव लायन गणेश आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij