डडेल्धुरा : बझाङको केदास्युँ गाउँपालिका-८, मल्लेसीमा गएराती बस्ती नै बगाउने गरी चलेको पहिरोमा हराइरहेका ७ जना स्थानीयको खोजी भइरहेको छ।
पहिरोले बस्तीका १७ घर बगाएको छ। हेर्दा निकै माथिबाट खसेको पहिरो बस्तीको बीचमै परेको देखिन्छ।
उद्धारका लागि प्रहरी टोली मलेसीतर्फ गएको छ। तर अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेको र पहिरोले बाटो पनि बगाएको स्थानीयले जानकारी दिएका छन्।
सिंगो बस्ती नै पहिरोको चपेटामा परेको र करिब तीन दर्जन घरहरू रहेको बस्तीमा पहिरो चलेको बताइएको छ।
पहिरो गएको स्थानमा पुग्न जयपृथ्वी राजमार्गबाट झण्डै पाँच घन्टा उकालो चढ्नुपर्छ।
प्रकाशित मिति : शनिबार, असार २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्