काठमाडौं : बझाङ केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा भीषण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ।
अरु चार जना हराइरहेका छन्। गाउँको बीचबाट गएको पहिरोले १७ वटा घर बगाउँदा ४ महिला र ३ पुरुष गरी ७ जना वेपत्ता भएका थिए। उनीहरुमध्ये ३ जनाको शव निकालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले जानकारी दिए। उनीहरुको पहिचान खुल्न बाँकी छ। बाढी र पहिरोले ३ वटा लघुजलविद्युत आयोजना र १६ वटा पानी घट्टमा पनि क्षति पुर्याएको उनले बताए।
पहिरोको जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ गएको र बाटोमा बाढी र पहिरो भएकाले प्रहरी पुगिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले उल्लेख गरे। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति : शनिबार, असार २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्