तिलोत्तमामा खुल्ला व्यायमशाला बन्दै

तिलोत्तमामा खुल्ला व्यायमशाला बन्दै

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा खुल्ला व्यायमशाला निर्माण हुने भएका छन् ।

बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भैरहेको बेला तिलोत्तमाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशालाको अवधारणा ल्याएको हो ।

केही दिनभित्र वडा नं. ८ दीपनगर चोकमा पहिलो खुल्ला व्यायशाला निर्माण हुनेछ भने अन्य स्थानमा क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामाग्री तथा उपकरणहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ ।

विभागका महानिर्देश डा. बासुदेव उपाध्यायले शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई व्यायमशालामा आवश्यक सामाग्री हस्तान्तरण गर्नुभयो । शारीरिक व्यायमको लागि चाहिने एक सेट उपकरणको मूल्य दश लाख रहेको जनाइएको छ ।

विभागबाट प्राप्त सामाग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायमशाला सञ्चालनमा ल्याइने नगर प्रमुख घिमिरेले बताए ।

शनिबार ती सामाग्रीको व्यायमशाला बन्ने स्थानमा प्रदर्शन समेत गरिएको छ । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा अन्य स्थानमा समेत खुल्ला व्यायमशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सामाग्री हस्तान्तरण गर्दै विभागका महानिर्देशक उपाध्यायले स्वस्थ जीवनको लागि शारीरिक व्यायमको भूमिका महत्वपूर्ण हुने भएकोले नगरपालिकालाई सामाग्री सहयोग गरिएको बताए । उनले व्यायमशालाको भरपूर उपयोग गरी स्वास्थ्यमा सुधार ल्याउन स्थानीयलाई आग्रह गरे ।

प्रमुख बासुदेव घिमिरेले स्वस्थ नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायमशालाको अवधारण अगाडि बढाएको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

स्वस्थ जीवनशैलीको लागि व्यायमशाला अब टोल/टोलमा हुनुपर्ने बताउँदै उनले टोल विकास संस्थाले व्यायमशालाको व्यवस्थापन तथा रेखदेख गर्नुपर्ने बताए ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारका नसर्ने रोग बढेको बताउँदै स्वस्थ जीवनशैलीको लागि व्यायामशालाको महत्व अझै बढेको बताइन् ।

उनले व्यायामशाला निर्माणले नियमित शारीरिक अभ्यास गर्न चाहने जोकोहीलाई सहज हुने उल्लेख गरिन् ।

जनभावना माध्यामिक विद्यालय नजिकैको खुला स्थानमा निर्माण गरिने व्यायमशालामा एक पटकमा दश जनाले व्यायम गर्न सक्नेछन् ।

प्रकाशित मिति : शनिबार, असार २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij