बुटवल-नेपाली कांग्रेस गुल्मीका पुराना नेता तथा वरिष्ठ समाजसेवी पतिराम घर्ती थापा मगरको ९४ बर्षको उमेरमा शुक्रबार बुटवलमा निधन भएको छ । केही समयदेखी बिरामी रहेका घर्तीको शुक्रबार आफ्नै निवास बुटवल भानुपथमा निधन भएको हो ।निधन भएका घर्तीको शनिबार बुटवल मगरघाटमा अन्तिम दाहसंस्कार गरिएको र नेपाली कांग्रेस बुटवल उप-महानगरपालिकाका सभापति खेलराज पाण्डे ,नेपाली कांग्रेस जिल्ला सदस्य माया गौतम ,नेपाल प्रध्यापक संघका पूर्व केन्द्रिय अध्यक्ष गोपाल पाण्डे ,नेपाल भुतपुर्ब सैनिक संघ ,रुपन्देहीका अध्यक्ष खगेस्वर पुन लगायतले उनको पार्थिब शरीरमा पार्टीको झन्डा ओढाई अन्तिम श्रद्दान्जली ब्यक्त गरेको नेपाल विद्यार्थी संघ रुपन्देहीका नेता अशोक गौतमले जानकारी गराए । उनका एक श्रीमती ,दुइ छोरा र सात जना छोरीहरु रहेका छन ।हाल उनका कान्छा छोरा ईन्द्र बहादुर घर्ती नेपाली कांग्रेसका तर्फ बाट मालिका गाउपालिका ,गुल्मी वार्ड १ का वार्ड अध्यक्ष छन भने जेठा छोरा भक्तिराम घर्ती दुई कार्यकाल नेपाली कांग्रेसका तर्फ बाट नेटा गाबिस अध्यक्ष भएका थिए ।
प्रकाशित मिति : शनिबार, असार २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्