ओली-प्रचण्ड वार्ता सकियो, निश्कर्ष के आयो ?

ओली-प्रचण्ड वार्ता सकियो, निश्कर्ष के आयो ?

काठमाडौं । सत्तारुढ नेकपा भित्र जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

भोलि पुनः छलफल हुने गरी आजको वार्ता टुंग्याइएको हो । वार्तामा दुबै पक्षले आआफ्नो अडान दोहोर्याइएको बताइएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुबै पद नछाड्ने अडान दोहोर्याउँदा अर्का अध्यक्ष प्रचण्डले अब हठले पार्टी नचल्ने प्रष्ट पारेकाे बुझिएकाे छ ।

आजको वार्तामा आपसमा दुरी बढाउने गरी सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरु रोक्ने सहमति भएको बताईएको छ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यसअघि शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएपनि आजको वार्तामा पोखरेल र पुन थप भएका हुन् ।

बैठकपछि स्थायी समिति सदस्य जनार्दन शर्माले सबै कोणबाट छलफल भएको तर टुंगोमा पुग्न नसकिएको जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij