भारत कोरोना प्रभावित देशको सूचीकाे तेस्रो स्थानमा

भारत कोरोना प्रभावित देशको सूचीकाे तेस्रो स्थानमा

भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ३२ जनामा कोरोना संक्रमित थपिएसँगै भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको हो । भारत भन्दा माथि ब्राजिल र अमेरिका छन् ।

वल्डो मिटरको तथ्याङक अनुसार सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४२१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ हजार ७ सय पुगेको छ । संक्रमित मध्ये ४ लाख २१ हजार कोरोना जितेर घर फर्किएका छन ।

कोरोना प्रभावित देशको सूचीको पहिलो स्थानमा रहेको अमेरिकामा २९ लाख ८१ हजार संक्रमित छन । पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार कोरोना संक्रमित थपिएका छन ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा २६ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ लाख ४ हजार पुगेको छ । चाैथाे स्थानमा रहेकाे रसियामा काेराेना संक्रमितकाे संख्या ६ लाख ८१ हजार छ ।

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij