काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।
भेटमा नेकपा अध्यक्ष दाहालले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताउनुभएको थियो । बैठकमा अध्यक्ष दाहालले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने बताउनुभएको थियो ।
दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे वरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको दाहालको भनाइ थियो । उहाँले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताउनुभएका थियो ।
यसअघि हिजोको भेटमा दुवै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको बालुवाटारले बताएको थियो ।
प्रकाशित मिति : सोमबार, असार २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्