तिलोत्तमा –तिलोत्तमा नगरपालिका मा रहेका निजि बोडिङ्ङ स्कुलले विद्यार्थिको आफुखुसि भर्ना लिइ भर्ना सुल्क असुलि गरेको प्रति नेपाल विद्यार्थी संघले तिलोत्तमा भित्रका ६ वटा निजि बोडिङ् हाई स्कुलमा ताला लगाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको थियो तर तिलोत्तमा रहेका केहि निजि विद्यालयले अभिभावक लाई आर्थिक भार पर्ने गरि टरचर दिई भर्ना वा अन्य सिर्सकमा लिएको सुल्क प्रति नेवि संघ ले तिलोत्तमाको नमस्ते एकेडमि, प्यारमाउण्ट बोडिङ् स्कुल, गौतम बुद्ध होराईजन, ईन्भार्रमेण्ट बोडिङ्, बुटवल पब्लिक स्कुल लगाएतको लेखा शाखामा तालाबन्धि गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ। तर यि र यस्ता बोडिङ् हाइ स्कुलले भने पटक पटक को आग्रहलाई पनि बेवास्था गरि भर्ना शुल्क लिएको मा नेपाल विद्यार्थी संघ नेवि संघ ले ताल्चा लगाएको नेपाल विद्यार्थी संघका निवर्तमान जिल्ला अध्यक्ष सन्तोष डि सि ले जानकारी दिए । डि सि का अनुसार कतिपय विद्यालयले आफूखुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले प्रशासनमा अनिस्चितकालका लागि ताला बन्धि गरेको जानकारी दिए । नेवि संघको तर्फ बाट निवर्तमान जिल्ला अध्यक्ष सन्तोष डी सी को नेतृत्वमा सहमती पत्र मा हस्ताक्षर गर्दै स्कूल ले अभिभावकबाट लिएको रकम दुई दिन भित्र फिर्ता गर्ने जनाएको छ ।सहमती पत्र मा हस्ताक्षर गर्दै स्कूल ले अभिभावकबाट लिएको रकम दुई दिन भित्र फिर्ता गर्ने जनाएको छ।
प्रकाशित मिति : मंगलबार, असार २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्