जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं : जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले हिजो बुधबार निर्वाचन आयोगमा जनता समाजवादी दल दर्ता भएको जानकारी दिए। ‘हिजो बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो र हिजै दल दर्ता भइसकेको छ,आयोगका अनुसार केन्द्रीय कार्यसमिति अध्यक्षद्वय ठाकुर पहिलो र यादव दोस्रो वरीयतामा रहेका छन्। यस्तै गरी वरिष्ठ नेताहरु अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौँ वरीयतामा छन्। महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षको नेतृत्वमा जसपाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एक आपसमा एकीकरण हुने सम्झौता गरेअनुसार गत जेठ २५ गते आयोगमा दल दर्ताको निवेदन दिएको थियो। सोही निवेदनअनुसार प्रक्रिया पुर्‍याएर बुधबार दल दर्ता भएकाे आयोगले जानकारी दिएको छ। गत वैशाख १० गते मध्यरातमा एकीकरणको सहमति गरेका राजपा-सपाले त्यसलगत्तै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएका थिए। तर पदीय भागबण्डा नमिल्दा निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिन अवधि पुरा भएपछि मात्र जसपा निर्वाचन आयोगमा दल दर्ताको निवेदन लिएर पुगेको थियाे। निवेदन दर्ता भएपछि आयोगले अब ४५ दिनभित्र कागजपत्र जाँचबुझ गरेर दलको मान्यता दिने नदिने निर्णय गर्ने नियम अनुसार नै अहिले दल दर्ता भएकाे आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij