व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउन माग गर्दे नेपाल ट्रेड युनियन नगर समिति द्धारा ज्ञापन पत्र

व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउन माग गर्दे नेपाल ट्रेड युनियन नगर समिति द्धारा ज्ञापन पत्र

भैरहवा-नेपाल ट्रेड युनियन काँग्रेस सिद्धार्थनगर नगर समितिले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको स्वरोजगार व्यबसाय सञ्चालनकालागि सहज वातावरण बनाईदिन माग गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस सिद्धार्थनगर नगर समिति रुपन्देहीले सिद्धार्थनगर नगर पालिका मा ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो ।
कोरोना भाईरस को महामारी फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण मुलुक ठप्प रहेको छ । यसै कारण अनौपचारिक क्षेत्रमा काम गर्ने स्वरोजगार मजदुरहरु काम बिहिन भएको नेपाल ट्रेड युनियन काँग्रेस सिद्धार्थनगर नगर समिति रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङ्गले बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस सिद्धार्थनगर नगर समिति रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङ्ग तथा सचिव सगम न्यौपाने द्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र सिद्धार्थनगर नगर पालिका का नगर प्रमुख हरि प्रसाद अधिकारी लाई हस्तान्तरण गर्दै स्वरोजगार व्यबसाय सञ्चालनकालागि सहज वातावरण बनाईदिन आग्रह गर्नुभयो ।
अनौपचारिक क्षेत्रका पेशा व्यबसाय बन्द हुँदा त्यसमा आश्रित मजदुरहरुको दैनिक जनजिवन कष्टकर भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सैलुन, होटल व्यबसाय, व्यूटिपार्लर, ई–रिक्सा, निर्माण सम्बन्धि कामहरु, सार्वजनिक यातायातका सवारी साधन लगायत लामो समयदेखि बन्द हुँदा त्यसमा काम गर्ने मजदुरहरुको जनजिवन कष्टकर बन्दै गएकाले यी व्यबसायमा सुरक्षाका सबै उपायहरु अवलम्बन गरेर सञ्चालनको वातावरण बनाउन माग गरिएको छ । ज्ञापन पत्रमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक हरु बढी प्रभावित भएकाले उनीहरुको जिविकोपार्जन का लागी राहत को व्यवस्था, उधोग , कल कारखाना मा कार्यरत श्रमिकहरु ले लकडाउन अवधीको पारिश्रमिक नपाएको हुदा पारिश्रमिक का लागी आवश्यक पहल गरिदिनु पर्ने लगायतका माग रहेका छन । त्यस अवसरमा सिद्धार्थनगर नगर पालिका का नगर प्रमुख हरि प्रसाद अधिकारी ले यस विषयमा स्थानिय तहमा छलफल गरेर आवश्यक पहल गर्ने बताउनु भयो । त्यो भन्दा माथिल्ला प्रदेश सरकार र संघीय सरकारले गर्ने कामकालागि सुझावका रुपमा पठाउने आश्वासन समेत दिनुभयो । ज्ञापन पत्र को बोधार्थ नेपाली काग्रेस जिल्ला कार्य समिति रुपन्देही, नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति रुपन्देही, नेपाली काग्रेस सिद्धार्थनगर नगर समिति रुपन्देही, सिद्धार्थ नगर उधोग वाणिज्य सघ, उधोग व्यापार सघ रुपन्देही ,लाइ बुझाइएको छ । ज्ञापन पत्र बुझाउन नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही का सह सचिव आश्विन पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस सिद्धार्थनगर नगर समिति रुपन्देहीका उपाध्यक्ष अनिल केसी,महिला उपाध्यक्ष कुमुद त्रिपाठी,सचिव सगम न्यौपाने,कोषाध्यक्ष कमल कुमार श्रेष्ठ,सदस्यहरु जिवन क्षेत्री, धिरेन्द्र केसी,रामबृक्ष यादव,रामधनी ठाकुर,सुमित्रा देवकोटा,सुमन बुढा मगर,प्रमोद कुमार चौधरी,र राजेश सिह क्षेत्री, लगायत को उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij