जनउत्थान लघुवित्तको साधारण सभा सम्पन्न/अध्यक्षमा बाबुराम विश्वकर्मा निर्वाचित

जनउत्थान लघुवित्तको साधारण सभा सम्पन्न/अध्यक्षमा बाबुराम विश्वकर्मा निर्वाचित

बुटवल-बुटवलमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को ९ औं वार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको औपचारिक उद्घाटन सँगै संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थामा आवद्ध समुह सदस्यहरु सँगको आर्थिक कारोबारलाई पारदर्शी बनाउने, समुह सदस्यहरुलाई कारोबारको जानकारी गराउने र वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउन थप टेवा पु¥याउने उद्देश्यका साथ एसएमएस अलर्ट सिष्टमको शुभारम्भ गर्नुभयो ।

साथै उहाले संस्थालाई यस विषम परिस्थितीमा पनि सफलता पूर्वक अगाडी बढाउनका लागि खर्चलाई मितव्यी गर्दै, अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरु तयार पारी कार्यन्वयन गराउदै संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७५÷०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु ६,३३,६०,०००÷– (अक्षरुपी छ करोड तेत्तीस लाख साठी हजार मात्र) को १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने बताईएको छ ।

त्यस्तै संस्थाको अधिकृत पूँजी रु १०,००,००,०००।– (अक्षरुपी दश करोड) बाट बृद्धि गरी रु ५०,००,००,०००।– (अक्षरुपी पचास करोड) पु¥याउने, हाल कायम रहेको चुक्ता पूँजी रु ६,३३,६०,०००÷– (अक्षेरुपी छ करोड तेत्तीस लाख साठी हजार मात्र) लाई २५ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने, बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी रु ७,९२,००,०००।– (सात करोड बयानब्बे लाख) को १ः२ (अर्थात १ कित्ता बराबर २ कित्ता) को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित गरेको छ ।
साधरणसभा उद्घाटनसत्रमा संस्थाका परिकल्पनाकार डा. मान बहादुर विश्वकर्माले विश्वव्यापी रुपमा देखा परेको कोराना भाईरसले विभिन्न खालका चुनौतीहरु देखा परेकाले नयाँ प्रविधिहरुको प्रयोग मार्फत विद्युतीय कारोवारहरुलाई प्रोत्साहन गर्दै अगाडी बढ्नका लागि सुझाव दिनुभयो।
सञ्चालक रेवन्त बहादुर विश्वकर्माले लघुवित्तले समुदायस्तरमा आर्थिक रुपमा विपन्न र पछाडि पारिएका वर्गको उत्थानका लागि काम गरेको बताउँदै कोरोना संगै परिमार्जित रुपमा लगानी गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष यम बहादुर बि.के., पूर्व सञ्चालक डा. मेग बहादुर विश्वकर्मा, माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल, यज्ञ विक्रम शाही, भिम कुँवर, नर बहादुर विश्वकर्मा (जर्ज इभरेष्ट), सिताराम रसाइली, जोगलाल विश्वकर्मा, सर्वसाधारण शेयरधनीको तर्फबाट पशुपति पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जनउत्थान लघुवित्तको अध्यक्षमा बाबुराम विश्वकर्मा निर्वाचित

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बाबुराम विश्वकर्मा दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


शनिबार बुटवलमा भएको ९ औं वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरि अध्यक्षमा विश्वकर्मालाई सर्वसम्मत निर्वाचित गरेको हो । भौतीक दुरी र भर्चुअल उपस्थितीमा संस्थापक तथा सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक चयन गरिएको थियो ।
सञ्चालक सदस्यहरुमा रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की क्षेत्री र नरेन्द्र कंडेल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता पदम बहादुर कार्कीले जानकारी दिनुभयो । अधिकृत कार्कीले निर्वाचित टोलीलाई सपथ ग्रहण र प्रमाण पत्र वितरण गरेका गर्नुभयो ।
पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले जानकारी दिनुभयो।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij