पोखरा । गण्डकी प्रदेशमा थप १५ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ जिल्लामा कोरोनाका १५ संक्रमित थपिएका हुन् ।
आइतबार थपिएका संक्रमितमध्ये तनहूँमा ६, पर्वत र बालुङमा २, २ जना, नवलपुर, स्याङ र गोरखामा १, १ जना । यसैगरि लमजुङमा २ जना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रति संख्या ११९२ पुगेको छ ।
तनहूँमा थपिएका संक्रमितमध्ये ब्यासमा १, ऋषिङमा ३, शुक्लागण्डकीकमा १, भानुमा १ रहेका छनन् । यसैगरि, पर्वतको महिला र फलेबासमा गरि २ संक्रमित थपिएका छन् । बागलुङको जैमनी र ढोरपाटनमा दुई संक्रमित थपिएका छन् । नवलपुर मध्यबिन्दुमा १ महिला संक्रमित थपिएकी छिन् । स्याङ्जाको भिरकोटमा १ र गोरखाको सिरानचोकमा एक जना संक्रमित थपिएका छन् ।
लमजुङको मध्यनेपाल र बेशिसहरमा एक एक जना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति : आइतबार, असार २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्