काठमाडौं –नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ ।नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयका सह सचिव डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा हुनुभएको हो।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विश्वकर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ ।
पाल्पाका विश्वकर्माले माइक्रोफाइनान्समा पीएचडी गर्नुभएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी भएर प्रशासकको अनुभव लिएका विश्वकर्मा प्रदेश ५ प्रदेश सभाका सचिव तथा प्रदेश ५ कै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि सचिव भएर जिम्मेवारी निभाउनुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्