JanataToday.com

Advertisment

SKIP THIS

भैरहवा भन्सार बाट ७० प्रतिशत मात्र राजश्व संकलन , विभाग ले तोके को लक्ष्य पुगेन

भैरहवा भन्सार बाट ७० प्रतिशत मात्र राजश्व संकलन , विभाग ले तोके को लक्ष्य पुगेन

भैरहवा

मुलुकको दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहिया स्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा भन्सार विभागले तोकेको राजश्व लक्ष्य भेट्टाउन सकेन । यो आर्थिक वर्षमा भन्सार विभागले कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाख राजश्व तोकेको थियो । तर ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालय का सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो । भन्सारले उठाएको राजश्व विभागले तोकेको लक्ष्य भन्दा करिब ३० प्रतिशतले कमी हो ।

भन्सार कार्यालयका अनुसार ०७६।०७७ मा कोरोना भाइरसका कारण आयातमा गिरावट आउँदा राजश्व लक्ष्य पूरा नभएको कार्यालयले जनाएको छ । सूचना अधिकृत लम्साल का अनुसार चैत पछि मुलुकमा लकडाउन भएकाले दैनिक राजश्व असुली ह्वात्तै घटेको थियो । राजश्व असुली बढी हुने मालवस्तु आयात लकडाउनपछि गिरावट भएको भन्सार तथ्यांकले देखाउँछ । लकडाउनपछि नेपाल भारत सीमा क्षेत्र बन्द हुँदा दैनिक खुद्रा सामाग्री आयातमा निकै कमी आएको छ । यस्तै, डिजल पेट्रोल, औद्योगिक कच्चा पदार्थ, मोटर पार्ट्स, हार्डवेयर, मोटरसाइकल, एमएस विलेट, ग्लेज टाइल, मार्बल, कोइला, लगायतको आयातमा गिरावट आउँदा भन्सार लक्ष्य पूरा नभएको लम्सालले बताउनुभयो । तर लकडाउनको अवधिमा चामल लगायत का खाद्यान्न भने अघिल्लोे वर्षको तुलनामा बढी आयात भएको छ ।

भन्सार तथ्यांकअनुसार यो आर्थिक वर्षमा लकडाउनका कारण दैनिक राजश्व असुली १६ करोड रुपैयाँको हाराहारीले गिरावट आएको छ । लकडाउन हुनुभन्दा अघि दैनिक २४ करोड रुपैयाँ हाराहारीमा राजश्व संकलन हुँदै आएकोमा लकडाउन पछि असुली दर घटेर ८ करोडमा सीमित भएको सूचना अधिकृत लम्सालले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij