नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं –सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आज विहान ११ बजे बस्ने भनिएको बैठक अपरान्ह तीन बजेसम्मका लागि सारिएको छ। आन्तरिक तयारी नपुगेको भन्दै बैठक तीन बजेसम्मका लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए। अहिले दुई अध्यक्षबीच छलफल चलिरहेको सापकोटाको भनाइ छ। हिजो वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक बिना निश्कर्ष टुंगिएको थियो। बैठकमा नेताहरुले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्। बैठकमा पार्टी भित्रको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना रहेको छ। पार्टीको शक्तिशाली निकाय केन्द्रीय कमिटीमा अहिलेको विवादका बारेमा छलफल गर्न शीर्ष नेता समहत भएकाे बुझिएको छ। हिजो अध्यक्षहरु ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीच विवादका विषय केन्द्रीय कमिटी बैठकमा लगेर छलफल गर्ने सहमति भएको थियो।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij