प्रहरीद्वारा गणेशपुर , बहादुरगंज, कृष्णनगरमा कोरोना सचेतना र्याली

प्रहरीद्वारा गणेशपुर , बहादुरगंज, कृष्णनगरमा कोरोना सचेतना र्याली

कृष्णनगर – इलाका प्रहरी कार्यालय बहादुरगंज ,इलाका प्रहरी कार्यालय कृष्णनगरले र इलाका प्रहरी कार्यालय गणेशपुर कोरोना सचेतना र्याली निकालेको छ ।
लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी निरीक्षक मधु नेपाल ले बताउनु भयो । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट सुरु भएको र्यालीले आएर पुनः फर्किएर बहादुरगंज चौकमा कोण सभामा परिणत भएको थियो । र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट सुरु भएको र्याली गोल घर हुदै कृष्णनगर बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो l लक डाउन खुकुलो भए पनि कोभिड १९ को संक्रमण अझै न्यूनीकरण नभएकाले लापरबाही गर्न नहुने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भएको छ । प्रहरी द्वारा बहादुरगंज,कृष्णनगर, गणेशपुर, कोरोना सचेतना र्याली निकालिएको थियो र्यालीमा सुरक्षाकर्मी, नगरपालिकाका जन प्रतिनिधि, नागरिक समाज, आफन्त नेपाल ,पुनर्स्थापना गृह , सशस्त्र प्रहरी, स्थानीय र पत्रकार लगायतको सहभागिता थियो ।
दुई मिटरको सामाजिक दुरी कायम गरौँ, बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौँ, साबुन पानीले हात धोऔँ लगायतका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij