थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो ।
अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार पाँच सय दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।
अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ११ हजार आठ सय २९ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरि २३ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेका छन् । त्यस्तै देशका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार आठ सय २५ जना सङ्क्रमित उपचाररत छन् ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण अहिलेसम्म ४० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : शनिबार, साउन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij