बुटवल -देशका विभिन्न भागमा आइतबारदेखि भीषण वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन सबैमा आग्रह गरिएको छ ।
मनसुन सक्रिय भएकाले साउन ७ गतेसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । चार दिनसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले मनसुन तीव्र रूपमा सक्रिय हुने जनाइएको छ ।
जसका कारण वर्षापछि हुने सम्भावित प्राकृतिक विपत्तिविरुद्ध तयारी थाल्न जल तथा मौसम विज्ञान विभागले सरोकारवालालाई अनुरोध गरेको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठकाअनुसार आगामी चार दिन देशका धेरैजसो स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।
वर्षाका कारण विभिन्न भेगमा बाढी तथा पहिरोको उच्च जोखिम रहेको मौसमविद् वरुण पौडेलले बताए ।
साउन ५ देखि ८ गतेसम्म प्रदेश–१, २, बाग्मती र गण्डकी प्रदेशका कन्काई तमोर, सुनकोसी, सप्तकोसी, कमला, वाग्मती, लालबकैया, बूढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी तथा यी नदीका सहायक नदीको जल सतह बढेर केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको जलविज्ञ सुनिल पोखरेलले बताए
प्रदेश ५ र सुदूरपश्चिम प्रदेशतर्फ मध्य पहाडी, चुरे र तराईबाट बहने एक/दुई नदीनालामा आकस्मिक बहाव बढ्ने सम्भावना छ ।
प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्