पाल्पा–बुटवल सडक : फेरी अवरुद्ध

पाल्पा–बुटवल सडक : फेरी अवरुद्ध

 बुटवल – पाल्पा – बुटवल सडक आज  पुन अवरुद्ध छ ।

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन–८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो खसेपछि अवरुद्ध सडक खुल्न केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।२ स्थानमा पहिरो खसेको कारण बिगत २ दिन देखि अवरुद्ध बुटवल पाल्पा खण्डको सडक आज पनि नखुल्ने भएको हो ।

पहिरो हटाउने काम तीव्र रुपमा भए पनि माथिबाट पहिरो खस्न नरोकिएकाले वैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रह गरेको छ ।

गौडेपुलमा गएको पहिरो हटाउने काम भैरहेको बेला आइतबार बिहान फेरि दोभान बजार नजिक पैठेडाँडामा ठूला ढुङ्गा सहितको पहिरो झरेको प्रहरीले जनाएको छ ।पहिरो हटाउन सडक डिभिजन कार्यालय बुटवलबाट डोजर प्रयोग गरिएको छ । अवरुद्ध सडक खुलाउनका लागि पाल्पातर्फबाट एक लोडर तथा बुटवतर्फबाट एक लोडर र एस्काभेटर प्रयोग भएपनि माटो झर्ने क्रम नरोकिँदा सडक खुल्न समय लाग्ने भएको हो ।

यसअघि शुक्रबार खसेको पहिरोले लु १ क ११७५ नम्बरको ट्रक परेको थियो ।सडक सुचारु नहुँदा सम्म सो सडक भएर यात्रा गर्नुपर्नेहरुले यात्रा तय नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : आइतबार, साउन ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij