कोरोना संक्रमितको संख्या १८ हजार नजिक,६०९ जना कोरोनामुक्त

कोरोना संक्रमितको संख्या १८ हजार नजिक,६०९ जना कोरोनामुक्त

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १८ हजार नजिक पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियिमत पत्रकार सम्मेलनका क्रममा विगत चौबीस घण्टायता थप १५० जनामा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।

२७ प्रयाेगशालामा ३ हजार ९ सय ६३ जनामा गरिएको परीक्षणमा थप १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १७ हजार ९९४१ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितकाे संख्या ५ हजार ४ सय ७७ रहेकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोनालाई जितेर घर फर्किएका छन् । संक्रमितमध्ये ६९. ३४ प्रतिशत निकाे भएर घर फर्किएकाे गौतमले जानकारी दिए ।

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० रहेकाे छ ।

आज थप ६०९ जना कोरोनामुक्त

नेपालमा आज थप ६०९ कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६०९ जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या १२ हजार ४७७ पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij