‘लकडाउन’ अन्त्यपछि जनजीवन सामान्यतर्फ

‘लकडाउन’ अन्त्यपछि जनजीवन सामान्यतर्फ

बुटवल -विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेको ‘लकडाउन’ अन्त्य भएसँगै जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ ।

समस्यामा परेका र पीडा बेहोरिरहेका सर्वसाधारणले ‘लकडाउन’को अन्त्य भएसँगै सहज महसुस गर्न थालेका छन् ।

योसँगै सुरक्षा अपनाएर आफ्ना दैनिक काम कारबाही सञ्चालन गर्न सबैलाई सजिलो भएको छ ।

२०७६ चैत ११ बाट सरकारले गरेको ‘लकडाउन’ लगभग चार महिनापछि मंगलबारदेखि अन्त्य गरेको हो ।

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले ‘लकडाउन’ गरेपनि यसको संक्रमणबाट नेपाल अछुुतो भने रहन सकेन ।

हालसम्म नेपालमा १७ हजार नौ सय ९४ जनामा संक्रमण देखिइसकेको छ । पाँच महिनाको अवधिमा ४० जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये १२ हजार चार सय ७७ जना निको भएर घर फर्किएका छन् ।

‘लकडाउन’का कारण ठप्प रहेको होटल व्यवसाय भोज र पार्टी नगरिकन साउन १५ गतेबाट सञ्चालनमा ल्याइने छ । भोज र पार्टीमा भने प्रतिबन्ध जारी छ ।

सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरिसके पनि यातायात व्यवसायीले कार्यान्वायनमा ल्याएका थिएनन् ।

सरकारले निजी सवारी साधनमा असार १ बाट लागू गरेको जोरबिजोर प्रणालीसमेत हटाएको छ ।

सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ ।

त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेपछि खेलाडीमा हौसला थपिएको छ ।

सरकारले स्वास्थ्य सुरक्षा अपनाएर आउदो हिउँदलाई ध्यानमा राखेर ट्रेकिङ बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

पछिल्ला दिनमा घट्दै गएको कोरोना संक्रमण बढेमा फेरि ‘लकडाउन’ सरकारका प्रवक्ता सूचाना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यद्यपी घट्दो क्रममा रहे पनि संक्रमित भेटिने क्रम जारी रहेको नेपालमा सरकारले ‘लकडाउन’ अन्त्य गरेसँगै हुने विभिन्न गतिविधीका कारण थप संक्रमण फैलन सक्ने त्रास भने कायमै छ ।

प्रकाशित मिति : बुधबार, साउन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij