सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध

 बुटवल – सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ ।

मंगलबार राति तानसेन नगरपालिका–८ गौडेपुल नजिकै र तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै नाग मन्दिरमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

सिद्धार्थ राजमार्गको गौडेपुल नजिकै असार अन्तिम सातादेखि खस्न सुरु भएको पहिरो अझै रोकिएको छैन भने दोभानमा ढुंगा र हिलोसहितको पहिरो खसेको छ ।

बुटवल–दोभान खण्डको नाग मन्दिरमा सोमबार राति पहिरो खसेकै ठाउँमा मंगलबार पुनः पहिरो खसेको हो । पहिरोमा ठूला–ठूला चट्टान खसेकाले अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, स्याङ्जा, कास्की, अर्घाखांची, पर्वत, बागलुङलगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएका छन् ।

प्रकाशित मिति : बुधबार, साउन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij