JanataToday.com

Advertisment

SKIP THIS

राखेप सदस्य सचिवमा तीन जनाको नाम सिफारिस

राखेप सदस्य सचिवमा तीन जनाको नाम सिफारिस

काठमाडौं –राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवका लागि सिफारिस समितिले निर्वतमान सदस्यसचिव रमेश सिलवालसहित तीन जनाको नाम सिफारिस गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै मन्त्रालयले नयाँ सदस्यसचिवको प्रक्रिया सुरु गरेको हो। नयाँ प्रक्रिया अनुसार सदस्यसचिव सिफारिसका लागि सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको छनोट समिति बनाएको थियो। उक्त समितिले खेलकुद मन्त्रालयमा तीन जनाको नाम सिफारिस गरेको हो। समितिले सदस्य सचिवमा रमेश सिलवाल, अन्जु श्रेष्ठ र लीलबहादुर थापाको नाम सिफारिस गरेको हो । एक महिलासहित तीन जना सिफारिस गर्नु पर्ने प्रावधान अनुरुप उक्त निर्णय भएको हो। समितिले उम्मेदवारको कार्यपत्र अध्ययन गर्र्दै तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको जनाएको छ। सदस्यसचिवका लागि २७ जनाको आवेदन परेको थियो। जसमा एक जना अयोग्य रहेको भने पनि बाँकी २६ जनाबाट तीन जनाको सर्ट लिस्ट गरिएको हो। राजनीति पहुँचका आधारमा फेरि पनि सदस्यसचिवमा रमेश सिलवाल नै सदस्यसचिव बन्ने लगभग पक्का जस्तै छ।

प्रकाशित मिति : बुधबार, साउन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij