बुटवल ।
अहिलेको कोरोनामा महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ सार्वजनिक भएको छ । शुक्रबार विहान मात्रै शुभारम्भ डिजिटल को यू ट्यूबबाट सार्वजनिक भएको उक्त भिडियोले हजारौ दर्शक को मन जितिसकेको छ ।
युएसए डबल बि ग्रुपको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा सन्जय सौगात, विनिता पोखरेल, आरती रुचाल र विरेन वि.सीको आवाज रहेको छ भने उज्वल गिरी दानविरको लय शब्द रहेको छ । गीतको म्यूजिक भिडियोमा टिकटक स्टार गणेश सापकोटा, ऋषिराम बेल्वासे, सुस्मा सापकोटा, विष्णु पाण्डे, उज्जवल गिरी दानविर, अनमोल सुनार, संजय सौगात, कल्पना पाण्डे लगायतको अभिनय रहेको छ ।
गीतको संगित संयोजन हेमन्त शिशिरले गरेका हुन भने भिडियोको निर्देशन÷सम्पादन÷छायांकन÷ विष्णु भट्टराइले गरेका हुन ।
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्