काठमाडौं – पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३१ नेताले संयुक्त राजीनामा दिएका छन् ।
शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनामा दिएका हुन् ।
नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । थापालाई पदाधिकारी दिने बताइएको छ ।
प्रकाशित मिति : शनिबार, साउन १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्