भैरहवा-गएको चैत ११ गते यतानेपाल–भारत सीमाशील छ । ४ महिनालामो लकडाउन हटाइए पनि अन्तर्राष्ट्रिय सबै नाका बन्द भएकाले आउ जाउ हुँदैन । रोजगारीका लागि भारत गएकालाई स्थानीय तहको जिम्मा लगाउने गरी नेपाल प्रवेश दिइँदै आएको छ ।
कोरोना सक्रमण का कारण सीमा नाका सील भएपछि भैरहवा भन्सार कार्यालयले माल बाहक बाहेक का भारतीय नम्बर प्लेटका मोटरसाइकल र कारको भन्सार सुविधा काटेको छैन । तर सीमावर्ती क्षेत्र भैरहवा, लुम्बिनी र धकधईमा भारतीय नम्बर प्लेटका कार तथा मोटर साइकल निर्वाध रुपमा चली रहेका छन ।
भन्सार सुविधै नलिई यसरी भारतीय गाडी चल्दा समेत प्रहरी प्रशासन मौन छ । यति सम्म की प्रहरीले नै भन्सार सुविधा नतिरी भारतीय नम्बर प्लेटका गाडी चढ्दै आएकाछन् । सीमामा खटिएका नेपालप्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी सँगको सेटिंगमा निर्वाध रुपमा भारतीय नम्बर प्लेटका गाडी लिएर त्यहाँ का नागरिक नेपाल भित्री रहेका छन् ।
‘लकडाउन भएदेखि नै भारतीय नम्बर प्लेटका दुईपाँग्रे र चारपांग्रे निजी सवारीलाई नेपालप्रवेश दिइएको छैन । हामीले सुविधै काटेका छैनौं । कसरी भारतीय निजी सवारी साधन नेपाल प्रवेश गरे हामीलाई थाहा छैन’, भैरहवाभन्सार कार्यालय का प्रमुख कमल कुमार भट्टराई ले भने ।
अहिले भारत मा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । तर नेपाल प्रहरीसँगको सेटिंगमा भारतीयनागरिक निजी सवारी लिएर धमाधम नेपालभित्रीरहेका छन् । यसले रुपन्देहीका सीमा क्षेत्रका बस्तीहरु उच्च जोखिममा परेका छन् ।
लकडाउन भएयता नै सीमा क्षेत्रमा खटिने प्रहरीहरु ले भारतीय गाडी प्रयोग गर्दै आएका छन् । यूपी ५३ बीडी ३१४४नम्बरको कार प्रहरी जवान जितेन्द्र कोहाँरले प्रयोग गर्छन् । यस्तै, यूपी ५६ एसी ४६१२ नम्बरको मोटरसाइकल, पनि प्रहरी ले नै प्रयोग गर्दे आइरहेका छन । यसै गरी ,यूपी ५६ एएच७०८२ र यूपी ५६ एई २००८ नं. को स्कुटर पनि निर्वाध भैरहवा बजार मा चलिरहेका छन । यी त प्रतिनीधि पात्र मात्र हुन् ।अहिले सीमा क्षेत्रमाकार्यरत नेपाल प्रहरीका अधिकांस प्रहरीले भारतीयनम्बर प्लेटका गाडी प्रयोग गर्छन् । अर्कोतर्फ प्रहरीले नेपाल मा उद्योग व्यवसाय भएका भारतीय नागरिकहरु, तस्कर, भन्सारमा काम गर्ने दलालहरुसँग रकम असुल गरी गाडीसहित नेपालप्रवेश गराइरहेका छन् ।खासगरी पछिल्लो समय भारतीयनम्बर प्लेटका गाडीहरु धकधई क्षेत्रमा बढी चलेका छन ।
इलाकाप्रहरी कार्यालय धकधईका प्रमुख सई हरिबहादुर रानाले प्रहरीनै भारतीय नम्बरको प्लेटको गाडी चढ्ने गरेको स्वीकार गरे । उनले भने, ‘हामीले भारतीय गाडी नचढ घरमा राखभनेका छौं ।अहिले घरमै राखेका छन् ।’
रुपन्देही प्रहरी उपरिक्षक हेमकुमार थापाले सीमा शील भएको र भन्सार सुविधा नलिएको समय मा भारतीय गाडी चलाउन नपाइने बताए । उनले आफूले सत्य तथ्य बुझ्ने बताएका छन ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्